
काठमाडौँ– तनहुँको बन्दिपुर गाउँपालिका –१ डुम्रेमा एन आई सी एशिया बैंकको नयाँ शाखा स्थापना भएको छ । एन आई सी एशिया बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले बिहिबार शाखाको उद्घाटन गरेका हुन् ।
योसँगै एन आई सीका देशभर २४१ शाखा, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग इकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरेको छ ।
एन आई सी एशिया बैंकको नेपालकै सबैभन्दा धेरै शाखा सञ्जाल गर्ने बैंक पनि बनेको छ ।
बैंकको वासलातको आकार १८३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १५५ अर्ब तथा कर्जा १२७ अर्ब रुपैयाँ पुगेको र निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ ।