लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो

लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो
+
-

पोखरा- लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ। क्व्होंलासोथर गाउँपालिका–३ बगुममा पहिरोमा परी बेपत्ता चारै जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो।

बगुममा घरमाथिबाट खसेको पहिरोमा परेर ६७ वर्षका रुद्रमान गुरुङ, ३६ वर्षकी पञ्चकुमारी गुरुङ, ८ वर्षकी इच्छा गुरुङ र ५ वर्षकी निश्मा गुरुङको मृत्यु भएको छ।

पहिरोले तीन घरलाई पूर्णरूपमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएकाे छ। मृत्यु हुने उनीहरू एकै परिवारका हुन्। तर, छुट्टाछुट्टै घरमा बस्दै आएका थिए।

यस्तै, लमजुङकै दोर्दी गाउँपालिका- ९ सुनारगाउँमा पनि घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मंगलबार रातिदेखि परेको अविरल वर्षाले पहिरो खस्दा १६ वर्षीय विकल सुनारको मृत्यु भएको हो। उनका दाइ १८ वर्षीय विमल सुनार घाइते भएका छन्। घाइते विमलको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

घाइते दुवैजनालाई उपचारका लागि बुधबार बिहान ७ बजे बेंसी सहरको जिल्ला अस्पतालमा ल्याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै विकललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?