
काठमाडौँ– नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र लक्ष्मी बैंकबीच तालिम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार लक्ष्मी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
उक्त सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।