सर्वाधिक बेइमान र भ्रष्ट मिडिया अवार्ड घोषणा गर्छु-ट्रम्प

सर्वाधिक बेइमान र भ्रष्ट मिडिया अवार्ड घोषणा गर्छु-ट्रम्प
+
-

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता सर्वाधिक बेइमान तथा भ्रष्ट मिडिया अवार्ड घोषणा गर्ने बताएका छन्।

मूलधारका सञ्‍चारमाध्यमसँग ट्रम्पको सम्बन्ध कटुतापूर्ण छ। सीएनएन, एबीसी न्युज, द न्युयोर्क टाइम्स र द वासिङटन पोस्ट सहित अमेरिकी मूलधारका सञ्‍चारमाध्यमसँग ट्रम्पको सम्बन्ध तनावपूर्ण रहेको छ।
ट्रम्पले ती मिडिया नक्कली भएको बताउँदै आएका छन्।

ट्रम्पले मंगलवार अबेर एक ट्विट गर्दै भने, ‘सोमवार ६ बजे म यो वर्षकै सर्वाधिक बेइमान एवं भ्रष्ट मिडिया पुरस्कार घोषणा गर्नेछु।’

उनले उक्त पुरस्कारका लागि छनोट हुने केही आधार पनि बताएका छन् । ट्रम्पले भने, ‘मिडियाका तर्फबाट विभिन्‍न श्रेणीमा कपटपूर्ण र खराब रिपोर्टिङ भएका झूटो समाचार सामेल हुनेछन्।’

उनले समाचार च्यानल फक्स न्युजप्रति भने कुनै टिप्पणी गरेनन्। नोभेम्बरमा ट्रम्पले फर्जी समाचार ट्रफीका लागि समाचार सञ्जालबीच प्रतिस्पर्धा भइरहेको ट्विट गरेका थिए।

उनले एउटा प्रतियोगिता गर्नुपर्ने बताएका थिए । सीएनएन सहित न्युज च्यानल सबैभन्दा बेइमान र भ्रष्ट हुन्छ, त्यो छुट्याउनुपर्ने आग्रह गरेका थिए ।

उनले ‘तपाईंहरूका राष्ट्रपति (ट्रम्प)का बारेमा तथ्य तोडमरोड गर्छन्, उनीहरूलाई सम्मान गर्नुपर्छ’ भनेका थिए । ट्रम्पले भने, ‘विजेता मिडियालाई फेक न्युज ट्रफी दिइनेछ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?