पोखरा- बाग्लुङमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएका छन्।
बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरोमा पुरिएर ५० वर्षीय वसन्ती विकको मृत्यु भएको हो। उनका श्रीमान ५५ वर्षीय प्रेम विक बेपत्ता छन्।
पहिरोले पुरिएर दुवै बेपत्ता थिए। प्रहरी र स्थानीयले खोजतलास गर्दा वसन्ती मृत भेटिएकी हुन्।
मृत वसन्तीको घरसँगै गोठमा पूर्ण क्षति पुगेको छ। गोठमा रहेका एउटा भैंसी र तीन बाख्रा मरेका छन्।
यस्तै, छिमेकी गिरीप्रसाद बुढाथोकीको गोठ पुरिँदा तीन भैंसी र दुई बाख्रा मृत फेला परेका छन्।