पहिरोले गण्डकीमा अधिकांश सडक अबरुद्ध

पहिरोले गण्डकीमा अधिकांश सडक अबरुद्ध
+
-

पोखरा-भारी वर्षापछिको बाढीपहिरोले गण्डकी प्रदेशका अधिकांश प्रमुख सडक अबरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बेनी जोमसोम र बेसीशहर चामे सडकखण्ड पूर्ण रुपमा अबरद्ध भएका हुन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७ र म्याग्दे गाउँपालिका–६ शेराटारस्थित फेदीखोलाको अस्थायी कल्भर्ट बगाउदाँ पृथ्वी राजमार्ग अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए। ‘बाटो खुलाउने प्रयास भइरहेको छ।

केही समय लाग्ने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेका छौं’, उनले भने । पोखरा आउनका लागि दमौलीबाट लमजुङको सोतीपसल हुँदै कास्कीको लेखनाथ निस्कने वैैकल्पिक मार्ग रहेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाका तीन स्थानमा पहिरोले सडक अबरुद्ध रहेकोे जिल्ला प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए।

उनका अनुसार पुतलीबजार नगरपालिकाको सुमरेखोला, भिरकोट नगरपालिकाको दहथुम र गल्याङकोे चिउरीमा सडक अबरुद्ध छ। बेनी–जोमसोम–कोरला सडक अन्तर्गत बैसरी लगायत म्याग्दीखण्डका करिब आधा दर्जन स्थानमा पहिरो खसेको छ। मुस्ताङलाई सडक सञ्जालले जोड्ने एकमात्रै सडक सम्पर्कविच्छेद भएको हो।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोले पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाको सडक सञ्जाल पुरै विच्छेद भएको छ । मनाङ जोड्ने एकमात्र मार्ग बेशीहर चामे सडकखण्ड असार १८ गतदेखि नै अवरुद्ध छ ।

गण्डकीका अधिकांश ग्रामिण सडकपनि पहिरोले क्षतविक्षत बनाएको छ । शुक्रबार साँझदेखि निरन्तर परेको भारी वर्षाले गण्डकीका सबै जिल्लाका साना खोलादेखि नदीमा पानी वहाव निकै बढेको छ।

बाढी पूर्वानुमान महाशाखाले प्रविष्ट गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी स्याङजामा वर्षा भएको छ। स्याङ्जामा २५९ मिलिमिटर, मिलमिटर, तनहुँको विमलनगरमा १४२ मिलिमिटर, नवलपुरको देउरालीमा २०१ मिलिमिटर, तनहुँको सुखौरामा १५१ मिलिमिटर, गोरखाको बारपाकमा १५४ मिलिमिटर वर्षा मापन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?