भागेर बाँचे, सुरक्षित ठानेर आश्रय लिएको घरमै पहिरोले थिच्यो

भागेर बाँचे, सुरक्षित ठानेर आश्रय लिएको घरमै पहिरोले थिच्यो
+
-

पोखरा – घरमाथिबाट खसेको पहिरोको धक्काले हरिमाया शर्मा (६७) कोे घर क्षणभरमै बिलायो। छिमेकी माधव शर्मा (७१) र गुहेश्वरी शर्मा (६५) दम्पत्तिको ओेत लाग्ने घर पनि पहिरोले असुरक्षित बनायो।
शनिबार विहान आएकोे पहिरोबाट तीन जनाले भागेर बालबाल ज्यान जोगाए। स्याङजाको विरुवा गाउँपालिका–६ स्याङदीका उनीहरू रातभरको वर्षापछिको पहिरोले घरविहीन भए। मुसलधारे पानीमा घरछेउको चौतारीमा आश्रय लिएका तीनै जनालाई एक किलोमिटर पर लामाखेतस्थित ईश्वरी लम्साल घरमा लगियो। एकतिर घर गुमाउनुको पीडा अर्कोतर्फ ज्यान जोगिनुको खुशी।

घरबास गुमाएर निर्थुक्कै भिजेका तीनै जनाले गाउँलेको पुगेर ओत लाए। भोक मेटाउनलाई खाना खाने बेलामा त्यहाँ पनि पहिरो खस्यो। विहान बालबाल ज्यान जोगाएका हरिमाया, माधव र गुहेश्वरी तीनै जनालाई पहिरोले निलेको छ।

पहिरोमा परेर वेपत्ता तीनै जनाको शव निकालेको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले बताए। ‘खाना खाने बेलामा अचानक पहिरो आएर दुर्घटना घट्यो’, उनले भने, ‘उहाँहरू घरमा त बचे भनेर जानुभाथ्यो। पछि फेरी घटना घट्यो।’

उनीहरूले आश्रय लिएको घरमा ८ जनाको परिवार बस्छन्। उनीहरूमध्य ५ जना घाइते भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिएका छन्। उनका अनुुसार घाइते सबैको अवस्था सामान्य नै छ।
भारी वर्षापछि ज्याग्दी खोलाले थ्रुपै खेतीयोग्य जमिन कटान गरेको छ। खोलाको बहाव २०÷२५ वर्षपछिकैै उच्च रहेको उनले सुनाए। ‘पहिरोले बाटोघाटाहरू अबरुद्ध छन्। अहिले खुलाउने अवस्था छैन। धेरै क्षति भएको छ’, वडाध्यक्ष क्षेत्रीले जानकारी दिए। विद्युत्तका पोल ढल्दा सेवा अवरुद्ध भएको छ।

शुत्रबार साँझदेखि परेको वर्षा शनिबार दिनैभर रोकिएन। शनिबार दिउँसो घरमाथिबाट खसेको पहिरोले स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक जिमिरेमा एक जना वृद्धा वेपत्ता भएकी छन्।
सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खेमकुमारी मल्ल वेपत्ता भएकी हुन्।

खेमकुमारीकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन्। ‘पहिरो खस्ला जस्तो ठा’मै थिएन। कसरी खस्यो कुन्नी’, वडाध्यक्ष कृष्णबहादुर थापाले सुनाए। खोजीकार्य गर्दा नभेटिएपछि आइतबार विहानैदेखि डोजर लगाएर खोज्ने उनले बताए।

उता पर्वतमा पनि पहिरोले दुई जनाको ज्यान लिएको छ। गोठमा बाँधेको पशुचौपाय जोगाउन खोज्दा पहिरोमा परेर दुई जनाको ज्यान गएको हो।

फलेवास नगरपालिका–१ कार्कीनेटामा गोठमाथिबाट खसेको पहिरोमा परेर ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको हो। तुलसीप्रसाद झलकको आफन्त हुन्।

पहिरोमा पुरिएर वेपत्ता दुवै जनाको शव फेला परेकोे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए। ‘सुरुमा सानो पहिरो खस्दा भैसीबाख्रा निकाल्नु जानुभएछ। एक्कासी पहिरो खसेर ज्यान लियो’, भुषालको भनाइ छ। पहिरोमा पुरिएर २ वटा माउ भैँसी, एउटा पाडो र ४ वटा बाख्रासमेत वेपत्ता भएको छ।

तनहुँमा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन्। शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिएर तीन जना बेपत्ता भएका थिए। वेपत्ता मध्य हिरा नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौैताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी बताए। अनिषा बास्तोला र श्याम भण्डारी वेपत्ता छन्।

दिउँसो हिरा नेपालीको घरमा पहिरो खसेपछि उद्धार गर्न आएका छिमेकीसमेत वेपत्ता भएका हुन्। ५ जना सामान्य घाइते भएका थिए। भिरालो जमिन भएकाले पहिरो झरेको प्रहरी निरीक्षक सुवेदी बताउँछन्। पहिरो खसेर सुना नेपालीको घरमा समेत पूर्ण क्षति पुगेको छ।

शनिबार मात्रै गण्डकीमा बाढीपहिरोमा परेर ६ जनाको मृत्यु भएको छ भने तीन वेपत्ता भएका हुन्।
मनसुन सुरु भएसँगै गण्डकी प्रदेशमा १७ जनाले पहिरोमा परेर ज्यान गुमाएका छन्। यस अघि नै लमजुङमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाएका हुन्। कास्की स्याङजा र बाग्लुङमा २\२ जनाको मृत्यु भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?