यी स्वास्थ्यकर्मी जसले सुत्केरीलाई बोकेर घरसम्मै पुर्याए…

यी स्वास्थ्यकर्मी जसले सुत्केरीलाई बोकेर घरसम्मै पुर्याए…
+
-

यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिर चर्चामा छ। जुन तस्बिरमा‍ स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन्। तस्बिर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन्। आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको छ।

सञ्जालमा छाइरहेको उक्त तस्बिर प्युठानको ऐरावती गाउँपालिका- ६, काल्नेको हो। काल्नेकी ३० वर्षीय जिवा विकलाई एक्कासी सुत्केरी व्यथाले च्याप्यो। शनिबार बेलुकी करिब ८ बजे उनी बर्थिङ सेन्टरमा भर्ना भइन्।

आमासँग हिँडेर मल्लरानी- ३ स्थित धरमपानी स्वास्थ्य चौकीको पुगेकी जिवाले त्यसैदिन राति १० बजे छोरी जन्माइन्। आमा र बच्चाको आवश्यक उपचारपछि स्वास्थ्य संस्थाले घर जान सल्लाह दियो। तर, उनी आफै हिँडेर घर जान सक्ने अवस्था थिएन। एक्ली आमाले उनी र बच्चालाई लैजान सक्ने अवस्था झनै रहेन।

सुत्केरी बोकेर साढे २ किलोमिटर टाढा घरसम्म लैजाँदै स्वास्थ्यकर्मी।

लगातारको झरीले बाटो बिगारेकाले यातायातका साधन आउने स्थिती थिएन। गाउँका युवाहरू बोलाउ भनेपनि घरमा छैनन्। उनका श्रीमान् भारतमा रोजगारी गर्छन्। अब के गर्ने? स्वास्थ्यकर्मीहरू पनि अलमल परे। अरु कुनै उपाय नभएपछि स्वास्थ्यकर्मीले आफै बोकेर सुत्केरीलाई घरसम्म लैजाने निधो गरे।

वर्षाले सडक बिग्रिएको र गाउँमा युवाहरूसमेत नभएका कारण सुत्केरी महिलालाई स्वास्थ्यकर्मीहरूले बोकेरै घरसम्म पुर्याएको धरमपानी स्वास्थ्य चौकीका इन्चार्ज टुकाराम पोख्रेलले बताउँछन्। ‘भर्खरकी सुत्केरीलाई हिँडाउँदा झन जोखिम हुने देखेर बोक्न तयार भयौं’ उनले भने,’सडक अवरुद्ध थियो। गाउँमा युवा भेटिएनन्। अनि बोक्न स्टेचर उठायौं।’

सुत्केरी जिवाको घरदेखि धरमपानी स्वास्थ्य चौकी करिब एक घण्टाको दूरीमा छ। साढे २ किलोमिटर अफ्ठेरो बाटोमा बोकेर सुत्केरीलाई घर पुर्याइएको उनले सुनाए। ‘स्वास्थ्य चौकीमा ७ जना कार्यरत छौं’ उनले भने,’एक जना सिस्टरलाई कार्यालयमा छोडेर अरु सबै सुत्केरी बोक्न गयौं।’ बाटोमा स्वास्थ्यकर्मीहरूले सुत्केरी बोकेको देखेर पनि कोही मान्छेले पनि सहयोग नगरेको इन्चार्ज पोखरेलले गुनासो गरे। उनले भने,’बाटोमा मान्छेहरूले हामीलाई हेरिरहे। सहयोग गर्न आएनन्।’

सो स्वास्थ्यचौकीमा प्युठानको मल्लरानी, ऐरावती गाउँपालिका र अर्घाखाँचीको भुमिकास्थानको १ नम्बर वडाका स्थानीयले सेवा लिँदै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?