
काठमाडौँ–नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र जनता बैंक नेपालबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार भएको सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम ५० लाख रुपैयाँ बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।
सम्झौतापत्रमा जनता बैंक नेपाल लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत श्री संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।