
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलीले शपथ लिएका हुन्।
उनले देश र जनाताका नाममा शपथ लिएका हुन्। ईश्वरको नाममा शपथ लिएनन्। शपथका हिसाबले ओलीको यो चाैंथो कार्यकाल हो।
आइतबार राष्ट्रपति पौडेलले ओलीलाई नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए।
कांग्रेस र एमालेबीच सक्ता साझेदारी भएपछि ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै शुक्रबार दाबी पेश गरिएको थियो।
थप तस्बिरहरू:
यो पनि पढ्नूहोस्:
नवनियुक्त प्रधानमन्त्री ओलीको नियुक्ति बदर माग गर्दै कानुन व्यवसायी सर्वोच्चमा