कसले कुन मन्त्रालयको जिम्मेवारी पाए?

कसले कुन मन्त्रालयको जिम्मेवारी पाए?
+
-

काठमाडौँ- आफूले शपथ लिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै ओलीले आफूसहित २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्। सरकारमा कांग्रेसबाट १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्री पाएका छन्।

कांग्रेसका प्रकाशमान सिंह र एमालेका विष्णुप्रसाद पौडेलले उपप्रधानमन्त्रीको शपथ लिएका छन्। सरकारमा सिंहलाई सहरी विकास मन्त्रालय र पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

सरकारमा एमालेबाट पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा सूचना प्रविधि, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, विद्या भट्टराईले शिक्षा तथा प्रविधि, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

कांग्रेसबाट गृहमन्त्रीमा रमेश लेखकले गृह, आरजु राणाा देउवाले परराष्ट्र, तेजुलाल चौधरी युवा तथा खेलकुद, अजय चौरसिया कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यसैगरी, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्रालय, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा सहकारी र बद्री पाण्डे पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

लोसपाका नेता शरदसिंह भण्डारी श्रम रोजगार मन्त्री बनेका छन्।

जनता समाजवादी पार्टीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन्।

थप तस्बिरहरू:

तस्बिर: बर्षा शाह/देशसञ्चार। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?