
ललितपुर: करिब एक महिनादेखि आन्दोलनग्रस्त इमाडोलस्थित किस्ट मेडिकल कलेजको एमबीबीएस चौथो वर्ष र बिडिएसको प्रवेश परीक्षा अवरुद्ध भएको छ।
कलेजका कर्मचारी आफूहरुले पाउँदै आएको सेवासुविधामा वृद्धि हुने पर्ने लगायत विभिन्न १५ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको २२ दिनसम्म पनि कलेज व्यवस्थापनले माग पूरा गर्न बेवास्ता गर्दा विद्यार्थी प्रवेशपरीक्षा दिनबाट बञ्चित भएका हुन्।
आन्दोलनका कारण कलेज अन्तर्गत अस्पतालको सेवा पनि ठप्पै छ। किष्ट मेडिकल कलेज विद्यार्थी समाजका अध्यक्ष विनोद न्यौपानेले आन्दोलनका कारण बिरामीले स्वास्थ्य सेवा लिन नपाइरहेका बेला विद्यार्थीको भविष्यमाथि समेत खेलबाड गरेको बताए। तर, आन्दोलनरत सुस्मिता कट्टेलले आफ्नो माग पूरा नगरेका कारण आफूहरु आन्दोलन जारी राख्न बाध्य भएको बताइन्।
अस्पताल व्यवस्थापन पक्षले वार्ता समेत गर्न चासो नदेखाएको उनको भनाइ छ।
यो पनि हेर्नुहोस्: