राप्ती प्रतिष्ठानमा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा

राप्ती प्रतिष्ठानमा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा
+
-

दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा आएको छ। अप्रेसन गर्ने बिरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुई वटा ओटी सञ्चालनमा ल्याइएको उपकुलपति डा. विकास लामिछानेले बताए।

सुविधा सम्पन्न रहेका दुई वटा ओटीरुमको एक कार्यक्रमका बीच उपकुलपति डा. लामिछानेले रिबन काटेर उद्घाटन गरे। सो अवसरमा उपकुलपति डा. लामिछानेले थोरै मात्रै अप्रेसन थिएटर हुँदा बिरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्नुपर्ने बाध्यता रहदै आएकोमा अबदेखि विस्तारै हट्दै जाने बताए।

प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरु थपिएसँगै सेवामा सुधार हुँदै गइरहेको बताउँदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थिएटरको संख्या ६ वटा पुगेको छ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थीले अस्पतालमा अप्रेसन गर्न ओटीरुम थपिनु सुखद पक्ष भएको बताए।

प्रतिष्ठानका ओटि इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले सुरुमा दुई वटा ओटीबाट सुरु गरेको अप्रेसन सेवा अब ६ वटा ओटी भएसँगै सेवालाई व्यवस्थित गर्नमा थप सहजता मिलेको बताए। दैनिक २५ वटाभन्दा बढी अप्रेसन हुने गरेको जानकारी दिँदै उनले अप्रेसन गर्नुपर्ने बिरामीहरुको संख्या बढ्दै गएकाले ओटी विस्तार गरिएको बताए।

प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटी सञ्चालनमा आएसँगै चिकित्सक र नर्ससहितको स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन भइसकेको बताउँदै थोरै ओटी हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अबदेखि त्यो नहुने विचार व्यक्त गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?