काठमाडौं- निरन्तर उच्च समर्थकहरुको साथका कारण विश्वमा परिचित बनिरहेको नेपाली क्रकेट समर्थकलाई अन्तत अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ‘आइसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्रदान गर्ने निर्णय गरेको छ।
नेपाली समर्थकहरुको डिजिटल फ्यान सक्रियतालाई आइसीसीले पहिचान गर्दै नेपाल क्रिकेट संघ क्यानलाई यो अवार्ड प्रदान गरेको हो। क्यानले समर्थकहरुको निरन्तर साथ र सहयोगले अवार्ड प्राप्त गर्न सकेको भन्दै सबैलाई धन्यवाद दिएको छ।
क्यानले भन्यो ‘आइसीसीको फ्यान इन्गेजमेन्ट अवार्ड पाउनु हाम्रा लागि गर्व हो। यो अवार्डको हकदार बनाउने सम्पूर्ण समर्थकका साथै माकुरा क्रिएसनलाई धेरै धेरै धन्यवाद। यो अवार्ड सम्पूर्णमा सर्पित गर्न चाहन्छौं।’
यसअघि नै एसिया क्षेत्रको विजेताका रुपमा ग्लोबल अवार्डका लागि मनोनयनमा परेको नेपालले ग्लोबल अवार्ड समेत हात पार्न सफल भयो। आईसीसीले डेभलपमेन्ट अवार्ड अन्तर्गत विभिन्न ६ विधामा आफ्नो एसोसियट सदस्य राष्ट्रहरुलाई अवारड वितरण गर्ने गर्दछ।
‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिकोलाई प्रदान गर्दा ‘हन्ड्रेड पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमानलाई दिने निर्णय गरेको छ। त्यस्तै ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्सले प्राप्त गर्दा ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएईलाई र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्डलाई प्रदान गरिएको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































