
अमेरिकी दूतावासले उपसभामुख इन्दिरा रानामगरलाई भिसा दिन अस्वीकार गरेको छ।
उपसभामुख रानामगरले आफूसहित सात जनालाई भिसा दिन पत्र लेखे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको हो।
उच्च स्रोतका अनुसार उपसभामुख रानामगरले सिधै आफैँ पत्र लेखेर भिसाको सहजीकरणका लागि दूतावासलाई आग्रह गरेकी थिइन्। उपसभामुखको भिसाका लागि सामान्य अवस्थामा उनको सचिवालयले पहल गर्छ।
महिला सशक्तीकरणसम्बन्धी एक कार्यक्रममा भाग लिन अन्य ६ सहित उपसभामुख रानामगर अमेरिका जाने तयारी गरे पनि अमेरिकी दूतावासले अस्वीकार गरेपछि उनीहरुको योजना धराशायी बनेको छ ।