कास्कीमा ८४ हजार सवारीलाई कारबाही

कास्कीमा ८४ हजार सवारीलाई कारबाही
+
-

पोखरा – गण्डकी प्रदेशको राजधानी पोखरामा सवारीको चाप वर्षेनी बढ्दो छ। सवारी मात्रै नभएर ट्राफिक नियम उल्लंघन गर्ने सवारीको संख्यामा पनि वृद्धि भइरहेको छ।

एक वर्षको अवधिमा कास्की प्रहरीले ८४ हजार ५२३ सवारीलाई कारबाही गरेको छ। यो गत साउनदेखि असारसम्म कारबाहीमा परेको सवारीको संख्या हो।

गत आर्थिक वर्ष २०८०/८१ मा सवारी कारबाहीबाट ६ करोड ८७ लाख १३ हजार ६ रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बताए।

उनका अनुसार स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गराउन मोटरसाइकललाई रोक्न अभियान नै चलाएको थियो। ध्वनी प्रदुषण गराउने मोडिफाइ १ हजार ९८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो। २८ लाख १० हजार ३०० रुपैयाँ मोडिफाइ बाइकको कारबाहीबाट राजस्व संकलन भएको छ।

पाँच वर्षसम्म नविकरण फेल भएका ११ वटा सवारीलाई कारवाही गरिएको छ। मिटरमा जान नमान्ने ५७८ भाडाका ट्याक्सीसमेत कारबाहीमा परेका छन्। गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि भाडाका ट्याक्सी अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपनि अझै पूर्ण रुपमा कार्यन्वयनमा आउन सकेको छैन।

यस्तै, अत्याधिक मात्रामा कालो धुँवा फाल्ने ६ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरीको तथ्यांक छ। पर्यटनको राजधानी घोषणा गरिएको पोखरामा बुङबुङती कालोेधुवाँ पुत्याँदै हिँड्ने सवारीको लर्को नै छ।

राइड शेयरिङ इनड्राईभ, पठाओ, टुटल जस्ता मोवाईल एप प्रयोग गरी अनाधिकृत रुपमा यात्रु ओसारपसार गर्ने २२ वटा दुई पांग्रे र ४ वटा चार पांग्रे सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले वार्षिक प्रगतीमा समेटेको छ।

मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएको भन्दा बढी भाडा यात्रुसँग असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई प्रहरीले कारबाही गर्ने गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?