महिला एसियाकप: भारतको लगातार दोस्रो जित

महिला एसियाकप: भारतको लगातार दोस्रो जित
+
-

साविक च्याम्पियन भारतले महिला एसियाकप टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। भारत समूह ‘ए’ अन्तर्गत दिनको पहिलो  तथा आफ्नो दोस्रो खेलमा युएइलाई ७८ रनले हराएको हो। जितसँगै भारत सेमिफाइनल नजिक पुगेको छ। यदि आजै हुने अर्को खेलमा नेपालले पाकिस्तानलाई हराएमा भारत र नेपाल अन्तिम खेल अगावै सेमिफाइनल प्रवेश गर्ने छन्।

श्रीलंकाको दाम्बुला स्टेडियममा आइतबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १ रनको उच्च स्कोर तयार गरेको थियो। उसका लागि कप्तान हर्मनप्रित कौर र ऋचा घोषले अर्धशतकीय इनिङ खेले। कौरले ४७ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६६ रन बनाउँदा घोषले २९ बलमा १२ चौका र १ छक्काको सहयोगमा ६४ रनको विष्फोटक अविजित इनिङ खेलिन्। त्यस्ते ओपनर सफाली वर्माले ३७ रन बनाउँदा स्मृति मन्धनाले १३ रन बनाइन्। त्यस्तै जेमिमा रोड्रिग्वजले १४ रन बनाएकी थिइन।

२ सय १ रनको उच्च लक्ष्य पछयाएको युएइ निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमा समेटियो। युएइका लागि कभिसा एगोडागीले ३२ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४० रनको अविजित इनिङ खेलिन्। त्यस्तै ओपनर तथा कप्तान इशा ओजाले ३८ रन बनाउँदा खुशी शर्माले १० रन बनाइन्। भारतका लागि दिप्ती शरर्माले २ विकेट लिंदा रेनुका सिंह, तनुजा कुंवर, पुजा भस्त्रकार र राधा यादवले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?