
काठमाडौं- एसिसी एसियाकप टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा पाकिस्तान विरुद्ध नेपालले टस हारेको छ। पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। पहिलो खेलमा जितेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ।
नेपालले आज युएइ विरुद्धको टोलीमा एक परिवर्तन गरेको छ। नेपालले सबनम राइको स्थानमा रोमा थापालाई टिममा समेटेको छ। पाकिस्तान आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्ने प्रयासमा मैदान उत्रिंदै छ। पहिलो खेलमा भारतसँग हारेको पाकिस्तान नेपालालई हराएर सेमिफाइनल सम्भावना कायम राख्ने प्रयासमा रहने छ।
नेपालले समूह ‘ए’ को पहिलो खेलमा युएइलाई २३ बल बाँकी हुँदै ६ विकेटले पराजित गर्दा पाकिस्तान भने भारतसँग ३५ बल बाँकी हुँदा ७ विकेटले पराजित भएको थियो। आज भएको आफ्नो दोस्रो खेलमा भारतले युएइलाई हराउँदै सेमिफाइनल नजिक पुगिसकेको छ।
नेपालको प्लेइङ ११
इन्दु बर्मा (कप्तान), रोमा थापा, कविता जोशी, कविता कुंवर, रुविना क्षेत्री, सिता राना मगर, पुजा महतो, बिन्दु रावल, काजल श्रेष्ठ (विकेटकिपर), सम्झना कुमारी, कृतिका मरासिनी