
काठमाडौं- नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । नेपाल चार्टर्स अकाउन्टेन्ट्स संस्था(आईक्यान) विद्यार्थीहरुको मागप्रति जिम्मेवार नभएको भन्दै विद्यार्थी संगठन एनकासाले चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
नेपाल चार्टर्स अकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) काअध्यक्ष महेन्द्र खड्काले परीक्षाको बेला ग्याप दिइनुपर्ने, समयानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने र रिटोटलिङको शुल्क घटाउनुपर्ने लगायतका माग राखेर आईक्यानलाई गत २०८० फागुन १३ गते मागपत्र बुझाए पनि अहिलेसम्म माग सम्बोधन नभएको बताए ।
अध्यक्ष खड्काकाअनुसार आईक्यानले अहिले परीक्षाका क्रममा विद्यार्थीहरुलाई ग्याप दिएको छैन। यसका कारण विद्यार्थीहरुले पूर्ण रुपमा तयारी गर्न नपाएको र त्यसको असर रिजल्टमा देखिने गरेको अध्यक्ष खड्काले बताए । त्यस्तै, सन् १९९७मा लागू गरिएको सीए लेभलको पाठ्यक्रमअहिलेसम्म पनि परिमार्जन नगरिएको अध्यक्ष खड्काको भनाइ छ । उनले समायानुकूल पाठ्यक्रम परिमार्जन हुनुपर्ने बताए ।
त्यस्तै, परीक्षार्थीले रिजल्ट चित्त नबुझेर रिटोटलिङ गराउन चाहेमा आईक्यानले महँगो शुल्क लिने गरेको पनि उनले सुनाए । अध्यक्ष खड्काका अनुसार आईक्यानले अहिले रिटोटलिङमा प्रतिविषय ७ देखि ८ हजार रुपैयाँसम्म लिइरहेको छ ।
आईक्यानले विद्यार्थीहरुको यी माग सम्बोधन नगर्दा सीए अध्ययन गरिरहेका देशभरका १६ हजार विद्यार्थी मारमा परेको अध्यक्ष खड्काको भनाइ छ । उनले आब चरणबद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
एनकासाले साउन १० गते बिहिबार शान्तिपूर्ण प्रदर्शन,१२ गते बृहत प्रदर्शन, सोहीदिन बेलुका राँके जुलुस प्रदर्शन र१३ गतेदेखि आमरण अनशनलगायतका संघर्षका कार्यक्रहरु घोषणा गरेको छ्।
विद्यार्थीहरुको हक, हितकालागि राखिएका जायज मागहरु पूरा नभएसम्मआन्दोलनबाट ब्याक नहुने अध्यक्ष खड्काले बताए ।