महिला एसियाकप: सेमिफाइनल पुग्न भारतलाई हराउनु पर्ने दबाबमा नेपाल

महिला एसियाकप: सेमिफाइनल पुग्न भारतलाई हराउनु पर्ने दबाबमा नेपाल
+
-

काठमाडौँ- एसिसी महिला एसियाकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दैछ।

प्रतियोगितामा सेमिफाइनल सम्भावना कायम राख्न भारतलाई हराउनु पर्ने दबाब नेपाललाई छ। नेपाली समय अनुसार साँझ ७:१५ मा सुरु हुने खेलमा साविक विजेता भारत भने शतप्रतिशत जितको प्रयासमा रहेको छ।

समूहमा अन्तिम खेल बाँकी रहँदा नेपाल र पाकिस्तानको समान २-२ अंक छ। भारतले २ खेल जितिसकेको छ। युएईले २ खेलमा हार बेहोरेको छ।

नेपाललाई सेमिफाइनल पुग्न साविक विजेता भारतलाई हराउनु पर्ने चुनौती रहँदा पाकिस्तान युएइलाई हराएर सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ। समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध दिउँसो प्रतिस्पर्धा गर्ने छ।

आजका खेलको नतिजाले समूहको विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्ने छ। पाकिस्तान युएइसँग हारे र नेपाल भारतसँग हारेमा नेट रनरेटमा समेत पाकिस्तान बलियो रहेकाले उसको सम्भावना बलियो छ।

पछिल्लो खेलमा पाकिस्तान विरुद्ध ९ विकेटले पराजित नेपालले सो खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुने थियो। तर सो खेलमा फराकिलो हार बेहोरेपछि नेपालको सम्भावना न्यून भएको छ।

एसियाकपको पहिलो खेलमा भने नेपालले युएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?