प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट

प्रधानको सुनुवाइ सकियो, निर्णय अर्को बैठकबाट
+
-

काठमाडौँ- निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे छलफल गर्न बसेको संसदीय सुनुवाइ समितिको बुधबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ। अर्को बैठकले निर्णय गर्ने भन्दै बुधबारको बैठक सकिएको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले जानकारी दिए।

यौन हिंसा आरोपको कारण विवादित छवि भएका प्रधानबारे समिति सदस्यहरुको छलफल भएपनि प्रधानलाई निर्वाचन आयुक्तमा प्रस्ताव गर्न सहमति जुट्न सकेन। बैठकमा कांग्रेस सांसद ईश्वरी न्यौपानेले प्रधानको नैतिक चरित्रमाथि प्रश्न उठाएकी थिइन्।

अन्य सांसदहरुले पनि उनीमाथि प्रश्नहरुको ओइरो लगाएका थिए। यसैबीच बुधबार संसदीय सुनुवाइमा मिडियालाई बाहिर निकालिएको छ। यो संसदीय सुनुवाइको इतिहासमै पहिलो पटक भएको घटना हो। समितिको बैठक सुरु भएको केही समयपछि संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सभापतिको निर्देशनमा भनेर आफैले मिडियालाई बाहिर जान निर्देशन दिएका हुन्।

पाण्डे प्रस्तावित प्रधानमाथिको आरोप लुकाउन सुरुदेखि नै लागि पर्दै आएका छन्। उनले प्रधानमाथि परेका उजुरीबारे मिडियालाई जानकारी नदिन सांसदहरुलाई समितिमा दबाब पनि दिएका थिए। सुनुवाइ समितिको बैठकमा प्रधानले कार्ययोजना प्रस्तुत गर्दा मिडियालाई बस्न दिएर त्यसपछि बाहिर जान भनिएको हो।

आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि यौन हिंसा गरेको प्रधानमाथि लागेको छ। पीडित महिला स्वयम्‌ले सुनुवाइ समितिमा उपस्थित भएर आफूमाथि भएको हिंसाको बारेमा असार १९ गते सविस्तार बताएकी थिइन्। पीडितको कुरा सुनेपछि भोलिपल्टै अनुमोदन गर्ने तयारीबाट सुनुवाइ समिति पछि हटेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?