सौर्य एयरलाइन्स दु्र्घटनामा परे विराटनगरका तीन जना

सौर्य एयरलाइन्स दु्र्घटनामा परे विराटनगरका तीन जना
+
-

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु हुने मध्ये तीन जना विराटनगरबाट रहेका छन् ।

विराटनगरस्थित एयरलाइन्सका स्टेशन म्यानेजर प्रकाश पौडेलका अनुसार सुरक्षा प्रमुख सागरराज आचार्य, मृतक सह–चालक सुशान्त कट्वाल, र एरोनेटिकल इन्जिनियर अश्विन निरौलाको दुर्घटनामा मृत्यु भएको हो ।

सुरक्षा प्रमुख आचार्य विराटनगर–८ निवासी भएको बताएका पौडेलका अनुसार उनी विगत ४ वर्षदेखि विमान सुरक्षा प्रमुखका रुपमा कार्यरत रहेका थिए ।

त्यसैगरि, विगत ३ वर्षबाट सह–चालकका रुपमा रहेका सुशान्त कट्वाल विराटनगर आयल निगममा रहेको उनले बताए ।

एरोनोटिकल इन्जिनियर आश्विन निरौला।

पूर्व जिल्ला शिक्षा अधिकारी ओम कट्वालका एक छोरा सुशान्तले दक्षिण अफ्रिकाबाट विमान चालक अध्ययन गरेका हुन् । हाल कट्वाल परिवार भक्तपुरस्थित भातगाँउ क्षेत्रमा बसोबास गर्दै आएका छन् । सुशान्त अध्ययन पुरा गरि विगत ३ वर्षदेखि सौर्यमा थिए । त्यसैगरि, विराटनगर–२ निवासी तीर्थ निरौला र कल्पना निरौलाका एक छोरा अश्विन निरौला विमानका एरोनोटिकल इन्जिनियर हुन् । तीन वर्षअघि विवाह बन्धनमा बाधिँएका निरौला एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका भान्जा हुन्। उनी सौर्य एयरमा सुरुबाट नै कार्यरत रहेको स्टेशन म्यानेजर पौडेलको भनाइ छ ।

विमान दुर्घटनाग्रस्त हुँदा चालक मनिषरत्न शाक्य घाइते भएका छन्। दुई चालक दलसहित १९ जना सवार विमान दुर्घटनामा १८ जनाको घटनास्थलमा मृत्यु भएको थियो ।

सौर्यको दुई वटा जहाज मध्ये दुर्घटनाग्रस्त जहाजको सि–चेक(जाँच)का लागि पोखरास्थित नागरिक उड्डयनको ह्याङ्गर लगिदै थियो ।

आफ्नै ह्याङ्गर नभएपछि पोखरास्थित नागरिक उडड्यनको ह्याङगर भाडामा लिएर एयरलाइन्सले सि–चेक गर्दै आएको थियो । सि–चेक प्रत्येक १८ देखि २४ महिनाको अन्तरालमा विमानको सबै पार्टपुर्जादेखि मेशिनरी सामाग्रीको जाँच गरिने प्रक्रिया हो । सोही परिक्षणका क्रममा एयरलाइन्सका प्राविधीक टोलीसहित विमान पोखरातर्फ जाने क्रममा दुर्घटनामा परेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?