
काठमाडौं- सिए (चार्टर्ड एकाउन्टेन्ट्स) अध्ययनरत विद्यार्थीहरूले परीक्षा प्रणाली तथा अध्ययन प्रणालीमा सुधार गर्न माग गर्दै बिहीबार प्रदर्शन गरेका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) विरुद्ध सिए अध्ययनरत विद्यार्थीहरूले लामो समयदेखि आफूहरूले उठाउँदै आएका माग पूरा नभएपछि प्रदर्शन गरेका हुन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन (एनकासा)ले २ हजार ५ सय भन्दा बढी विद्यार्थीहरुको हस्ताक्षर संकलन गरेर आइक्यानलाई फागुन १३ गते नै मागपत्र बुझाएको थियो ।
बुझाएको माग पत्र पूरा गर्न आइक्यान तयार नभएपछि उनीहरूले आज आइक्यानकाे अफिस अगाडि प्रदर्शन गरेका हुन्।
त्यसपछि १२ गते बृहत प्रदर्शन गर्ने र १३ गतेबाट माग पूरा नभएसम्म आमरण अनसन बस्ने संगठनले जनाएकाे छ।
विद्यार्थीका माग सम्बन्धित वार्ता लाइभ टेलिकास्ट गर्न नदिएसम्म कुनै पनि वार्तामा नबस्ने अडान संगठनले लिएकाे छ।
थप तस्बिरहरू: