महँगी वृद्धिदर ५ प्रतिशतमा सीमित राखिने

महँगी वृद्धिदर ५ प्रतिशतमा सीमित राखिने
+
-

काठमाडौं- राष्ट्र बैंकले महँगी वृद्धिदर ५ प्रतिशतमा सीमित राख्ने भएको छ।

काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयमा शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै महंगी वृद्धिदर ५ प्रतिशतमा सीमित राख्ने जनाएका हुन्।

यसैगरी, राष्ट्र बैंकले निर्माण व्यवसायीलाई २०८१ को मंसिरसम्म तिर्ने गरी पुनर्तालिकीकरण गर्ने भएको छ। निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि ६ वटा व्यवस्था गरेको हो।

त्यस्तै, नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेकाे छ।

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको छ।

त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरू तथा तिनका शाखाहरू बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिने भएको छ।

लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिनेछ।

माैद्रिक नीतिमा सरकारको बजेटको कार्यक्रम, १६औं योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिए।

एक साताअघि शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएपछि अन्तिम समयमा खतिवडाले यसबारे थप छलफल गर्न चाहेपछि मौद्रिक नीति सार्वजनिक गर्ने क्रार्यक्रम रोकिएको थियो।

यो पनि पढ्नुहोस्

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?