
काठमाडौँ – नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा काठमाडौँमा कर प्रणाली सम्बन्धी ज्ञान बढाउन एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नाडाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालको सभापतित्वमा भएको गोष्ठीमा नाडाका कूल ८१ सदस्य फर्म÷कम्पनीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा आन्तरिक राजश्व विभागका निर्देशक शरद निरौला, भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, तथा सि.ए तथा कार्यक्रमका प्रशिक्षकद्धयसाहिल अग्रवाल तथा निकेत अग्रवालले प्रशिक्षण दिएका थिए ।
सरकारको प्रतिनिधित्व सहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको यो दोश्रो भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्ट्रिगतगरी यस किसिमको तालिम कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।
उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका उपाध्यक्ष तथा राजश्व समितिका सभापति प्रकाश कपुरीले गरेका थिए भने कार्यक्रको संचालन नाडाका महासचिव सुनिल रिजालले गरेका थिए ।