सौर्य एयर दुर्घटनाः आफन्तले शव बुझ्ने क्रम शनिबार पनि जारी

सौर्य एयर दुर्घटनाः आफन्तले शव बुझ्ने क्रम शनिबार पनि जारी
+
-

काठमाडौँ-सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुका शव आफन्तले बुझ्ने क्रम शनिबार पनि जारी रहने छ। अहिलेसम्म ६ वटा शव परिवारको जिम्मा लगाइएकोमा बाँकी शव शनिबार परिवारले बुझ्दैछन्।

शुक्रबार को-पाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौला, राजाराम आचार्य र श्याम विन्दुकारको शव आफन्तले बुझेका अस्पतालले जनाएको छ।
परिवारले दिएको विवरणका आधारमा सबै शव पहिचान भएको अस्पतालको भनाइ छ।

पीडित परिवारलाई कम्पनीका तर्फबाट सहयोग हुने सौर्य एयरलाइन्सले प्रतिबद्धता जनाएको छ। बुधबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्न खोजेको विमान त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो। पाइलट बाहेक विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको थियो। सि चेकको लागि पोखरा जान खोजेको विमानमा सौर्यका कर्मचारी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?