देउवाको शरीर एमालेतिर भए पनि मन हामीसँगै छः माधव नेपाल

देउवाको शरीर एमालेतिर भए पनि मन हामीसँगै छः माधव नेपाल
+
-

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन्।

देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरुसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन भनेर बुझ्नुपर्ने बताएका हुन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रुपमा लिन्छन् कि भनेर उत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे।

अध्यक्ष नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्‍याउने कुनैपनि सह्य नहुने बताए। उनले संविधान संशोधनजस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि कांग्रेस एमालेलाई सचेत गराए।

उनले भने, ‘ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौँ। शेरबहादुरजी आत्तिनुभएको होला। यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रुपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला। हामी बुझ्दछौं यी सबै कुराहरु। यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ। त्यसो हुनाले केही फरक पर्नेवाला छैन। शेरबहादुरजी तपाई आउन नपाए पनि तपाईको भावना हामीसँग छ भन्ने ठानेका छौँ। शरिर त्यहीँ छ, मन यतापट्टी छ। त्यसो भएको हुनाले अहिले नेपालको राजनीतिमा जुन प्रयास गर्नु भएको छ, त्यो राम्रो मनसायले हो कि होइन राम्री बुझनुहोला।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?