‘नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’

‘नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउन सक्छ’
+
-

काठमाडौँ – सहकारी संस्थाहरुको उचित नियमन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

आइतबार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिमा नियमन नगरे सहकारी बन्द गर्नुपर्ने अवस्था आउनसक्ने सरोकारवालाले बताएका हुन्।

छलफलबारे जानकारी दिँदै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले सहकारी संस्थाहरुको आवश्यक नियमन नहुँदा सहकारीमा बचत दुरुपयोग भएको सरोकारवाला निकायहरुले बताएको जानकारी गराए।

बैठकमा सहकारी क्षेत्रको लेखापरीक्षणको क्रममा देखिएका समस्या, बचत दुरुपयोग र ठगीको बारेमा लेखापरीक्षण र लेखापरीक्षकको भूमिकाका बारेमा कानूनी प्रबन्ध र गर्नुपर्ने सुधारको विषयमा छलफल भएको संयोजक थापाले बताए।

सहकारीको चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गर्ने तर हस्ताक्षर रजिस्टर्ड लेखापरीक्षकले गर्दा हस्ताक्षरकर्तालाई लेखापरीक्षणको अवस्था थाहा नहुने र लेखापरीक्षण गर्नेको हस्ताक्षर नहुने बेथिति अन्त्य गर्न पनि जोड दिइएको बताए।

उनले सहकारी क्षेत्रमा रहेका विद्यमान समस्या समाधानका लागि सहकारी संस्था, शेयर सदस्य, पदाधिकारी, व्यवस्थापक, लेखा परीक्षकले विशेष ध्यान दिनुपर्ने बताए।

आजको बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष प्रविणकुमार झा, पूर्वअध्यक्ष युद्धराज ओली, उपाध्यक्ष निलबहादुर सारू, प्राविधिक निर्देशक किरणकुमार खत्री, एक्यान अध्यक्ष अरूण राउत, चार्टर्ड एकाउन्टेण्टहरुसँग छलफल गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?