देउवाले संसदीय दलको उपनेता बनाए नाइँ भन्दिनँः शशांक कोइराला

देउवाले संसदीय दलको उपनेता बनाए नाइँ भन्दिनँः शशांक कोइराला
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी संसदीय दलको उपनेता चयन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले दलको नेताको अनुपस्थितिमा कार्यभार सम्हाल्नुपर्ने भएकाले पनि सभापति देउवाले उपयुक्त व्यक्तिलाई संसदीय दलको उपनेता चयन गर्न ढिलाई गर्न नहुने बताए।

उनले सभापति देउवाले उपनेता किन चयन नगरेको भनि प्रश्नसमेत गरे। पार्टीका सिनियर नेताहरुमध्येबाट उनले संसदीय दलको उपनेता बनाउनुपर्ने कोइरालाको भनाइ थियो। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका उनले आफूलाई सो जिम्मेवारी दिए स्वीकार गर्ने पनि बताए।

उनले भने , ‘किन बनाउनुभएन। केही कारण होला उहाँको मनमा। तर उपनेता त उहाँले चयन गर्नुपर्ने हो। मलाई पनि लाग्छ– उपनेता बनाउनु पर्छ। उहाँको अनुपस्थितिमा उपनेताले बागडोर सम्हाल्छ नि। त्यसैले उपनेता चाहिँ हुनुपर्छ। तर किन त्यो भएको छैन, शेरबहादुर देउवाजीलाई नै सोध्नुपर्ला। त्यो किन बनाउन भएन भनेर उहाँलाई नै सोध्नुपर्छ? मलाई यसको बारेमा थाहा भएन। बनाउनुपर्ने हो। किन बनाउनु भएन? त्यो भन्न सक्दिन म। म त आकांक्षी होइन। तर बनाउनु हुन्छ भने त अब मैले नाइँ भन्दिनँ। तर उहाँले उपयुक्त व्यक्तिलाई बनाउनु पर्छ। सिनियर मान्छेलाई बनाउनुपर्छ भन्ने लाग्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?