
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैले खोलेको र भ्रष्टचार पनि आफैले गरेको हो भनेर स्वीकार्न आग्रह गरे।
उनले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताए। उनले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाए।
उनले भने, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए। ठीक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन। काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो।’