धनुषामा कुटपिटबाट एक जनाको मृत्यु

+
-

जनकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरमा कुटपिट गरी एकजनाको हत्या गरिएको छ।

सोमबार बिहान ११ बजेर ५० बजेको समयमा पुरानो रिसिइवीको कारण कुटपिट गर्दा स्थानीय ४५ वर्षीय भोगेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

स्थानीय ४५ वर्षीया सुरभी मुखिया र उनका २१ वर्षीय छोरा नागेश्वर कुमार मुखियाले सोही स्थान बस्ने ४५ वर्षीय भोगेन्द्र ठाकुर र उनको श्रीमती अन्दाजी ३५ वर्षीय चान्दी ठाकुरलाई कुटपिट गर्दा ठाकुर दम्पत्तीको टाउको र शरिरको विभिन्न भागमा चोटपटक लागेको थियो।

घाइते दुवै जनालाई उपचारको लागि प्रादेशिक अस्पतालमा ल्याएकोमा भोगेन्द्रको उपचारको क्रममा मृत्यु भएको हो। १२ बजेर ४५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रवक्ता अवाले बताए।

प्रहरी प्रवक्ता अवाका अनुसार शव प्रादेशिक अस्पतालमै रहेको छ भने कुटपिट गर्ने आमाछोरा प्रहरीको नियन्त्रणमा रहेका छन्। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?