
काठमाडौँ-संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई अस्वीकृत गरेको छ। सुनुवाइ समितमा सर्वसम्मतिले प्रधानलाई सोमबार अपराह्न अस्वीकृत गरेको हो। उनले आजै(सोमबार) आफू सुनुवाइ प्रक्रियाबाट बाहिरिने निवेदन दिएता पनि सुनुवाई समितिले अस्वीकृत नै गर्ने निर्णय गरेको हो।
नियमावलीमा स्वीकृत वा अस्वीकृत गर्ने व्यवस्था मात्रै भएकाले अस्वीकृत नै गर्ने निर्णय गरेको समितीका एक सदस्यले जानकारी दिए।
समितिको सोमबार बसेको बैठकले गरेको निर्णयमा भनिएको छ,‘निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख नचाहेकोले सम्मानित समितिसमक्ष जानकारीको लागि अनुरोध गर्दै सो अनुसार व्यवस्था हुन सत्रिनय अनुरोध गर्दछु’ भन्ने समेत व्यहोराको निवेदन पेश गरी समितिका सचिव समक्ष उपस्थित भई सो निवेदन सनाखत समेत गरिदिनु भएको हुँदा प्रस्तावित व्यक्ति स्वयंबाट नै निर्वाचन आयुक्तको पदमा नियुक्तिको लागि आफ्नो उम्मेदवारी. कायम रात्र नचाहेकोले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०८० को नियम २६ को उपनियम (५) बमोजिम उक्त पदमा नियुक्तिका लागि निजको नाम सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय गरियो।’
सुनुवाइबाट बाहिरिएका प्रधानलाई अर्को पद दिने आश्वासन, निवेदनमै गरे प्रष्ट संकेत
अस्वीकृत हुने भएपछि नियुक्ति प्रक्रियाबाट बाहिरिन प्रधानले दिए सुनुवाइ समितिमा निवेदन