माओवादीको निष्कर्षः वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो

माओवादीको निष्कर्षः वर्गीय दृष्टिकोण बोधो हुँदा पार्टी खुम्चिँदै गयो
+
-

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा जाने कुरामा जोड दिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाई जनतामा र वर्गसमुदायमा जाने निष्कर्ष निकालेको बताएको हो।

बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा शुक्रबारदेखि सोमबारसम्म १८ जनाले आफ्ना धारणा राखेको र अधिकांशले पार्टी शुद्धीकरण र जनतामा जाने कुरामा जोड दिएको जानकारी दिए।

उनले पार्टी खुम्चिँदै जानुमा जनतामा कम जानु र वर्गसमुदायबाट टाढा रहनु रहेको निष्कर्षमा नेताहरुको रहेको पनि बताए।

उनले भने, ‘आजसम्म १८ जना कमरेडले आफ्ना धारणा राख्नुभयो। हामीले समयको पावन्दी तोकेका थिएनौँ। स्पष्ट रुपमा आफ्ना भनाइ राख्न भनेका थियौँ। पहिलो दिन प्रस्तुत भएको एजेण्डामा नै छलफल भयो। वर्तमान परिस्थिति र पार्टी निर्माण थियो। पार्टी निर्माणमा सबैभन्दा बढी जोड शुद्धीकरण्मा दिइएको छ। शुद्धीकरणको माध्यमबाट पार्टीलाई एकताबद्ध बनाइ जनतामा जाने कुरामा जोड दिइएको छ। पार्टी खुम्चिँदै जानुमा वर्गसँगको सम्बन्धमा कमी आउँदै जानु भन्ने रहेको छ। वर्गीय दृष्टिकोण भुत्ते, बोधो भयो, वर्गप्रति जोड दिन नसक्दा पार्टी खुम्चिएको छ। यसमा पनि हाम्रो व्यापक छलफल भएको छ। वर्ग र जनतासँग फर्किनुपर्छ भन्ने निचोड रहेको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?