सरकारले मनायो बाघ दिवस (तस्बिरहरु)

सरकारले मनायो बाघ दिवस (तस्बिरहरु)
+
-

काठमाडौँ – आज विश्व बाघ दिवस। नेपाल सरकारले पनि विभिन्न कार्यक्रम गरी सोमबार बाघ दिवस मनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक कार्यक्रमका बीच विश्व बाघ दिवस मनाइएको हो। ‘मानव बाघ सह–अस्तित्व र समृद्धि’ भन्ने मूल नाराका साथ विश्व बाघ दिवस–२०२४ मनाइएको हो।

नेपालमा बाघ तराई भूपरिधि क्षेत्रमा रहेका पाँच वटा निकुञ्ज, मध्यवर्ती क्षेत्र, जैविक मार्ग र वन क्षेत्रहरुमा पाइन्छ। नेपाललगायत एसियाका १३ वटा देशहरुमा पाइने बाघ आयुसिएनको संकट्टापन्न वर्गमा पर्छ।

विश्वमा बाघको संख्या घट्दै गइरहेको र प्राकृतिक बासस्थानको विनास एवं ह्रास हुँदै गइरहेको अवस्थामा पृथ्वीबाट लोप हुने खतरालाई दृष्टिगत गरी सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा बाघ प्रजातिको पहिलो शिखर सम्मेलन आयोजना गरिएको थियो।

उक्त सम्मेलनबाट मुख्यतः बाघ पाइने राष्ट्रहरुले सामूहिक रुपमा १२ वर्षमा प्राकृतिक बासस्थानमा बाघको संख्या दोब्बर बनाउने र प्रत्येक वर्ष बाघ दिवस मनाउने भन्ने सामूहिक प्रतिबद्धता जाहेर गरिएको थियो। उक्त प्रतिबद्धता मुताबिक नेपालले बाघ संरक्षणका विविध कार्यक्रमहरु सञ्चालन गरेर २०१० देखि २०२२ सम्म बाघको संख्या करिब तेब्बर (३५५) पुर्‍याएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?