वामपन्थीहरूको एकताको कथा असफल भइसक्यो: शंकर पोखरेल

वामपन्थीहरूको एकताको कथा असफल भइसक्यो: शंकर पोखरेल
+
-

दाङ- नेकपा एमालेका महासचिव शंकर पाेखरेलले वामपन्थीहरूको बीचमा एकताको कथा असफल भइसकेकाले पुरानै बाटोबाट अघि बढ्न नसक्ने बताएका छन्।

प्रेस चाैतारी दाङले मंगलबार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महासचिव पाेखरेलले कम्युनिस्ट पार्टी एकताकाे प्रहसन अब नदाेहाेरिने ठाेकुवा गरे।

‘नेताकाे टाउकाे जाेडेर गरिने एकता दिगो हुँदैन। त्याे हामीले व्यहाेरिसक्याैं। अब कार्यकर्ताकाे मन जाेडेर राजनीतिक धुव्रीकरण जरुरी छ,’ उनले भने, ‘कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू कांग्रेसतर्फ धुव्रीकरण हुन आवश्यक छ। यसरी बलियाे राजनितीक शक्ति निर्माण गर्न सकिन्छ।’

साना राजनीतिक दलहरुले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सिर्जना हुने अवस्था आएपछि दुई ठूला राजनीति दल एक ठाउँमा आउनु परेकाे महासचिव पाेखरेलले स्पष्ट पारे।

उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूकाे बीचमा सहकार्य भएको स्पष्ट पारे।

‘संवैधानिक संरचनालाई बलियाे बनाउनेगरी दलहरूकाे बीचमा सहकार्य भएको हाे। पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियाे प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छाैं,’ उनले भने, ‘हामीलाई विश्वास छ। संविधानकाे पक्षमा व्यापक र फराकिलो सहमति निर्माणकाे बाटाेमा अघि बढ्छाैं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?