
काठमाडौं- सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै सहकारी पीडितहरूले बिहीबार सडकमा प्रदर्शन गरेका छन्।
सरकार र आफूहरूबीच भएको सहमति हालसम्म पनि कार्यान्यवन नभएको भन्दै सहकारी पीडितहरूले मुखमा कालो टेप लगाएर सांक्रेतक रुपमा प्रदर्शन गरेका हुन्।
आज रत्नपार्क क्षेत्रमा भएको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ।
सरकारले सहकारी पीडितसँग सम्झाैता गरेपनि कार्यान्वयन नगरेकाे पीडितहरूकाे भनाइ छ। सम्झाैता कार्यान्वयनका खातिर उनीहरूले ६५ दिन रिले अनशनसमेत गरेका थिए।
सरकारले वेवास्ता गरेकाे भन्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले रत्नपार्क क्षेत्रमा मानव साङ्लोसहित प्रदर्शन गरेकाे हाे।
पीडितहरूले ‘दुःखको कमाइ छिटो फिर्ता दिलाइदे सरकार’, जनतालाई न्याय दे’, सहकारीकाे सम्पत्ति छिटै जफत गर’, सहकारी ऐन संशाेधन गर’, ‘सहकारी विभाग र सहकारी समस्याग्रस्त व्यवस्थापन विभागकाे काम अझ चुस्तदुरुस्त र प्रभावकारी छिटाे बना ‘ लगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।
थप तस्बिरहरू: