उडानमा क्रममा बालक सिकिस्त भएपछि बुद्धले गर्‍यो आकस्मिक अवतरण

उडानमा क्रममा बालक सिकिस्त भएपछि बुद्धले गर्‍यो आकस्मिक अवतरण
+
-

विराटनगरबाट काठमाडौका लागि उडेको विमान नाबालक यात्रु विरामी भएपछि पुनः विराटनगर फर्काईएको छ।

बुधबार बुद्ध एयरको जहाजमा सवार सिकिस्त नाबालकको स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो विराटनगर विमानस्थलमा जहाज अवतरण गराइएको हो ।

बुद्ध एयरका विराटनगरस्थित स्टेसन म्यानेजर कौशल भण्डारीका अनुसार उदयपुर त्रियुगा नगरपालिकाका ताराकिरण राईका ५ वर्षीय छोरा उडानका क्रममा सिकिस्त भएपछि दिउँसो करिब १२ बजेर ५९ मिनेटको समयमा अवतरण गराइएको हो।

५७ जना यात्रुसहित दिउँसो १२ बजेर २४ मिजेटमा उडान भरेको जहाजमा सवार ५ वर्षीय संयोगहाङ राईको श्र्वासप्रश्वासमा समास्या देखिएको थियो।

भण्डारीका अनुसार ‘जहाज अवतरण भएपछि, सिकिस्त बच्चालाई तत्काल एम्बुलेन्समा राखेर उपचारका लागि अस्पताल’ पठाइएको छ।

बच्चाको स्वास्थ्यमा एकाएक समस्या परेपछि जहाजलाई उडानकै क्रममा फर्काइएको उनको भनाइ छ।

प्रहरीका अनुसार विरामी नाबालकलाई उपचारका लागि विराटनगर अस्पताल एंव नर्सिङ होममा पुर्‍याइएको थियो।

यद्यपि चिकित्सकले नाबालक राईको दिउँसो करिब साढे १ बजे मृत्यु भएको घोषणा गरेका थिए ।

नाबालक राईको स्वास्थमा समस्या देखिएपछि मङ्गलबार नै परिवारले उपचारका लागि विराटमा लगेका थिए।

अस्पतालका बालरोग विशेषज्ञ डा. दीपराज अधिकारीका विरामी बच्चाको एक्स–रे अनुसार सानो आन्द्रामा समस्या थियो ।

आन्द्रामा रहेको समस्या खुलाउन शल्यक्रिया गर्नु पर्ने हुँदा परिवारले बुधबार काठमाडौ लैजाने निर्णय गरेका थिए ।

सोही क्रममा बच्चाको स्वास्थ्य थप गम्भीर भएको उनको भनाइ छ।

उनका अनुसार बुधबार अस्पतालले बिदा दिएको करिब ३ घण्टापछि बच्चालाई गाह्रो भयो भनेर पुनः अस्पताल ल्याइएको थियो ।

डा. अधिकारीले भने, ‘अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्‍याउँदा बच्चाको मृत्यु भइसकेको थियो।’

अर्कोतर्फ बुद्ध एयरले नाबालकलाई सामान्य अवस्थामै अस्पताल पठाइएको दाबी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?