गण्डकीमा हेमोडायलासिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर

गण्डकीमा हेमोडायलासिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर
+
-

पोखरा – गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण गरिएको छ। हेमोडायलसिस रेकर्ड मनिटरिङ सिष्टमको विकास गरिएको हो।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सफ्टवेयर निर्माण गरिएको छ। बुधबार गण्डकीका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापाले सफ्टवेयरको सुरुवात गरे।

मन्त्री थापाले सफ्टवेयरका माध्यमले प्रदेशमा भएका डायलासिस गर्ने विरामीको सही तथ्याङ्क दिने बताए। रिफर गर्दा पनि डुप्लीकेसन नहुने तवरले उपचार गर्न सहायक सिद्ध हुने उनको विश्वास छ।

‘डायलासिस गर्ने विरामीको वास्तविक तथ्याङक प्राप्त गर्न सफ्टवेयर सहायक सिद्ध हुनेमा विश्वस्त छु। तथ्याङ्क अनुसार सेवा प्रवाहमा सहजता बनाउन सफ्टवेयरका माध्यम सघाउन पुग्नेछ’, उनले भने। प्रदेशको डायलासिस सेवालाई सरल बनाउन सफ्टवेयरले सहयोग पुग्ने उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव विनोदविन्दु शर्माले प्रदेश सरकारले निशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको बताए। उनका अनुसार वर्षमा ८० देखि ८५ करोड रकम मात्र डायलनसिस सेवा प्रवाहमा प्रदेश सरकारले लगानी गरेको छ।

अब प्रदेश सरकारले निःशुल्क मृगौला प्रत्यारोपण गर्ने विषयलाई पनि सोच्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। तथ्याङ्क अनुसार गण्डकीका ४१ अस्पतालको १७ युनिटबाट डायलासिस सेवा प्रवाह हुन्छ। गण्डकीमा ७७३ जनाले डायलसिस सेवा लिइरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?