प्रदेश राजधानीबारे गाल परेपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थीद्वारा राजिनामा

प्रदेश राजधानीबारे गाल परेपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थीद्वारा राजिनामा
+
-

काठमाडौँ- प्रदेश राजधानी तोकिसकेको भन्ने अफवाहमा गाल परेका प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन्।

प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले अस्थायी प्रदेश मुकाम तोकेको सूचनाको विषयमा आफूलाई मिडियाले मिसकोट गरेको र आफूले माथिल्लो निकायबाट त्यसको दबाब झेल्नु परेको भन्दै पन्थीले प्रवक्ताको जिम्मेवारीबाट राजिनामा दिएको पुष्टि गर्‍यो।

दुई दिनअघि प्रदेशको अस्थायी मुकामको खाका तयार पारेर अनुमोदनका लागि मन्त्रिपरिषदमा पठाउने भन्ने सूचनालाई राससलगायतका मिडियाले प्रदेश राजधानी तोकिइसकेको भन्दै प्रकाशित गरेका थिए।

प्रदेश राजधानी तोकिएको भन्ने समाचार बाहिरिएपछि देशमा विभिन्न स्थानहरुमा राजधानी माग गर्दै आन्दोलन चर्किएको छ। देशका विभिन्न ठाउँबाट प्रदेश राजधानीका बिषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेको लहर चलेपछि पन्थी दबाबमा आएका थिए।

यद्यपि उनले दुई दिनअघि मंगलबार देशसञ्चारसँगको कुराकानीमा प्रदेश मुकाम ताेकिएको नभई सहरी विकास मन्त्रालयले गरेको अध्ययनका आधारमा प्रदेश मुकामको खाकामात्र तयार पारिएको जानकारी दिएका थिए। र, त्यसलाई मन्त्रिपरिषद्ले अनुमोदन गर्नुपर्ने बताएका थिए।

पन्थीले १ नम्बर प्रदेशको अस्थायी मुकाम विराटनगर, २ नम्बर प्रदेशको जनकपुर, ३ नम्बर प्रदेशको भक्तपुर ठिमी, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको दाङ, ६ नम्बर प्रदेशको सुर्खेत र ७ नम्बर प्रदेशको धनगढी प्रस्ताव गरिएको बताएका थिए।

उक्त खाकालाई मिडियाले निर्णय भइसकेको भन्दै प्रचार गरेपछि देश भरिका विभिन्न ठाउँहरुमा आन्दोलन चर्किएको हो। धनकुटा, वीरगञ्ज, दिपायल र जुम्लामा राजधानी माग गर्दै बुधबार र बिहीबार आन्दोलन भएको छ।

सचिवस्तरीय निर्णयबाट बिहीबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्तामा शासकीय सुधार महाशाखाका सहसचिव डिल्लीरामलाई शर्मा नियुक्त गरिएको थियो।

नवनियुक्त प्रवक्ता शर्माले देशसञ्चारसँग कुरा गर्दै आफूले कार्यभार सम्हालेको जानकारी दिए।

यो पढ्नुस्..
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?