
काठमाडौं- निर्मला कुर्मीका लागि न्यायको माग गर्दै शुक्रबार पीडित पक्षले माइतीघरमा आन्दोलन गरेका छन्।
कुर्मीको मुद्दा अदालत पठाउन पटक-पटक सरकारले सहमती गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेश मन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडित पक्षले आजदेखि पाँचौं चरणको आन्दोन सुरु गरेका हुन्।
आन्दोन आज बिहान १० बजे माइतीघरमा सुरु भएको हो।
बाँकेको नेपालगञ्ज १७ कि निर्मलाका श्रीमानको २०६२ मा मृत्यु भएको थियो। श्रीमानको मृत्युको चार वर्षपछि २०६६ मंसिरमा कुर्मीका दुई छोराको दश दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो। श्रीमान र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपूर्जा र निर्मलाको नागरिकता लिएका थिए।
त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारिएको थियो। अपहरण पछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ।
अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेका थिए।
आजबाट सुरु भएको पाँचौं चरणको आन्दोलनमा निर्मला कुर्मी हत्याका मुख्य अभियुक्त बादसाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाइयोस्, निर्मला कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्याइयोस,आन्दोलनकारीहरु को सुरक्षाको ग्यारेन्टी गरियोसलगायतका माग राखिएको छ।
कुर्मीको हत्याका मुख्य आरोपी बादसाह कुर्मी मधेस प्रदेशको मन्त्रीम नियुक्त भएपछि अभियुक्तलाई मन्त्री बनाइएको भन्दै पीडितपक्ष थप आन्दोलनमा उत्रिएका हुन्।
थप तस्बिरहरू: