
काठमाडौँ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे सत्यतथ्य छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
‘राष्ट्रिय एकता अभियान, नेपाल’को आयोजनामा आइतबार प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले पोखरा विमानस्थललाई ऋणको जालबाट मुक्त गर्न माग गरेका छन्।
उनीहरुले ‘पोखरा विमानस्थललाई ऋणजालबाट मुक्त गरौँ, राष्ट्रको स्वाधिनता र आत्मसम्मान को रक्षा गरौँ, चीनको भू–राजनीति खेलविरुद्ध नेपाल एकजुट हौँ, चिनियाँ राजदूत माफी माग, प्राविधिकरण त्रुटिको समाधान गर, चीनको हस्तक्षेप रोक’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न मागसमेत गरेका छन्।