
काठमाडौं- बुधबार दोहोरो अंकले ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन ७.२२ अंकले बढेको छ।
बिहिबार १ सय ५९ कम्पनीको कारोबार हुँदा ५४ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।
एसियन लाईफ इन्स्योरेन्सको प्रमोटर सेयरको १२ करोड २६ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि हुँदा कारोबार रकममा वृद्धि भएको थियो।
बिहिबार सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा मल्टीपर्पोज फाइनान्स रह्यो। मल्टीपर्पोजको मूल्य करिब १० प्रतिशतले बढेको थियो।
सबैभन्दा बढी रकमको कारोबार गरेको एसियन लाईफ इन्स्योरेन्सको प्रमोटर सेयरको १० प्रतिशतले घटेको थियो।
ट्रेडिङ,विकास बैंक र होटल उपसूचक उकालो लाग्दा बैंक, हाइड्रोपावर, फाइनान्स, बिमा, उत्पादनमुलक, अन्य र माइक्रोफाइनान्स उपसूचक उकालो लागेका थिए।
यो पनि हेर्नुहोस्:
टिकेन सेयर बजारको वृद्धि, दोहोरो अंकले घट्यो परिसूचक