बसमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ

बसमा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
+
-

जनकपुरधाम – बसमा लुटपाट गरेको आरोपमा सर्लाही प्रहरीले तीनजनालाई होटेलबाट नियन्त्रणमा लिएको छ।

स‍‍ोमबार सिन्धुलीको भिमानबाट बर्दिबासतर्फ आएको ना ३ ख २८७६ नम्बरको बसमा सवार भई आएका महोत्तरीको बर्दिबास नगरपालिका–३ बस्ने ७० वर्षीय रेशम बहादुर बलम्पाकीको साथमा रहेको ४ लाख ७० हजार रुपैयाँ लुटेको आरोपमा तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–४ जिरायत बस्ने ४० वर्षीय रामबहादुर थिङ, धादिङको सुनौलो नगरपालिका–४ रिजालटोल बस्ने ४४ वर्षीय कृष्ण ठकुरी र मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने ५४ वर्षीय रुपक भुजेल रहेका छन्।

उनीहरु बर्दिबासमा धरानबाट नारायणघाटतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३३७७ नम्बरको बसमा चढी सर्लाहीको बागमती–१२ स्थित पुतली चोकमा बसबाट झरी त्यहाँ रहेको कालिका होटलमा बसेका थिए।

प्रहरीले उनीहरुको साथबाट लुटिएको रकममध्ये २ लाख २८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ। पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महोत्तरीमा पठाइएको सर्लाही प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?