गठ्ठाघर दुर्घटना अपडेटः प्रहरीले गर्‍यो लाठीचार्ज र अश्रुग्यास प्रहार (तस्बिरहरु)

गठ्ठाघर दुर्घटना अपडेटः प्रहरीले गर्‍यो लाठीचार्ज र अश्रुग्यास प्रहार (तस्बिरहरु)
+
-

काठमाडाैँ – भक्तपुरको गठ्ठाघरमा दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएपछि अहिले अवस्था तनावग्रस्त बनेको छ। बिहीबार दिउँसो २ बजेतिर कोटेश्वरबाट भक्तपुर जाँदै गरेको ना ६ ख २१७३ नम्बरको ट्रकले साेही दिशातर्फ जाँदै गरेकाे स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाकाे ज्यान गएकाे थियो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतककाे अहिलेसम्म पहिचान भने खुल्न सकेकाे छैन। शवकाे पाेष्टमार्टमकाे लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे छ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिएपछि निकै परसम्म सोहोरेर लगेको थियो। ट्राफिक प्रहरीले ओभर स्पिडमा कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको स्कुटरलाई राेक्न खाेज्दा पछाडिबाट आएकाे ट्रकले ठक्कर दिँदा दुर्घटना भएकाे एक प्रत्यक्षदर्शीले बताए।

अहिले घटनास्थल तनावग्रस्त रहेको र सडक अवरुद्ध भएको छ। घटनास्थलमा अहिले प्रहरी र विराेध प्रदर्शनमा उत्रिएकाहरुबीच झडप भएकाे छ। विराेध प्रदर्शनमा उत्रिएकाहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। दुर्घटनापछि ट्रकमा तोडफोड गरिएको छ। विराेध प्रदर्शन थप उग्र हुन थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास ग्यास प्रहार गरेकाे छ।

स्कुटरलाई ठक्कर दिने ट्रक घटनास्थलबाट निकाल्न खाेजेपछि विराेध प्रदर्शन थप चर्किएकाे छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?