काठमाडौँ- महिलाहरुको क्षमता वृद्धिका लागि आयोजित ‘लेट मि इन मिसेज ब्युटी क्वीन नेपाल’ प्रतियोगितामा काठमाडौँ बूढानीलकण्ठकी सुदीक्षा आचार्य (भट्टराई) पहिलो भएकी छन्।
सिजन मिडियाले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘लेट मि इन मिसेज ब्युटी क्वीन’ नेपालमा सुदीक्षाले पहिलो स्थान हात पारेसँगै टिभिएस स्कुटर, एक लाख ५० हजार बराबरको उपहार, लाभा मोबाइल सेट र चार दिनको लागि मलेसिया भ्रमणको अवसर पाएकी छन्।
त्यसैगरी, दोस्रो भएकी जनकपुरकी दिपीका राईले एक लाख बराबरको उपहार, चार दिनको मलेसिया भ्रमण तथा लाभा मोबाइल प्राप्त गरेकी छन् भने तेस्रो हुने विष्णु माया पौडेलले पनि चार दिनको मलेसिया भ्रमण, २० हजारको उपहार र लाभाको मोबाइल प्राप्त गरेकी छन्।
दश वर्षदेखि निरन्तर रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको यस संस्थाले यसपटक २१ वर्षदेखि ४५ वर्ष उमेर समूहका विवाहित महिलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजना गरेको थियो। प्रतियोगितामा देशभरीबाट २६ प्रतियोगी थिए।
यो पनि हेर्नुहोस्: