पाटन आगलागी अपडेट: चार दमकलको सहायताले आगो निभाउने कार्य जारी(तस्बिरहरू)

पाटन आगलागी अपडेट: चार दमकलको सहायताले आगो निभाउने कार्य जारी(तस्बिरहरू)
+
-

ललितपुर- पाटनको बंगलामुखी मन्दिर नजिकको एक घरमा भएको ‍आगलागी निभाउनका लागि यतिबेला सुरक्षाकर्मी टोली परिचालित छ।

आज बिहान करिब ८:३० बजे मन्दिर नजिकको घरमा आगलागी भएपछि उक्त आगो निभाउनका लागि चार वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीसहित स्थानीय सक्रिय रुपमा लागेका छन्।

ललितपुर महानगरपालिका- १६ स्थित बंगलामुखी मन्दिर नजिकै घर भएका स्थानीय अजिरमान महर्जनको काठको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता नरेश सुवेदीले जानकारी दिए।

उनका अनुसार टिभीकोठाबाट सुरु भएका कारण विद्युतको तार सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रवक्त सुवेदीले जानकारी दिएका छन्।

तीन तला रहेको उक्त घरमा आगलागी हुँदा घरमा भएका अधिकांश सामान जलेर नष्ट भएका छन्।

थप तस्बिरहरू:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?