
काठमाडौँ – भारतको कोलकत्तामा बलात्कारपछि हत्या गरिएकी डाक्टरको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।
सोमबार साँझ माइतीघर मण्डलामा उपस्थित भएर युवाहरुले हत्या गरिएकी डाक्टरको सम्झनामा मैनबत्ती बालेर ‘क्याण्डल मार्च’ गरेका हुन्। उनीहरुले सम्पूर्ण महिलाहरुको सुरक्षाको माग गरेका छन्।
पश्चिम बङ्गालको राजधानी पूर्वी सहर कोलकातामा अगस्ट ९ मा ३१ वर्षीया प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो।
हत्यापछि भारतभरका चिकित्सकहरू हड्तालमा उत्रिएका छन्। उनीहरुले सहकर्मी डाक्टरको न्यायको माग गरेका छन्।