संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा त्रुटि भएको भन्दै पीडित संघको शान्तिपूर्ण धर्ना (तस्बिर)

संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा त्रुटि भएको भन्दै पीडित संघको शान्तिपूर्ण धर्ना (तस्बिर)
+
-

काठमाडौं- नेपाल माओवादी पीडित संघले शान्तिपूर्ण धर्नाको आयाेजना गरेकाे छ। संघले बुधबार माइतीघर मण्डलामा सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा त्रुटि भएकाे भन्दै धर्नाकाे आयाेजना गरेकाे हाे।

प्रतिनिधिसभामा बहुमतले पारित भएकाे सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकका कतिपय प्रावधानहरू त्रुटिपूर्ण रहेकाे संघले जनाएकाे छ।

त्रुटिपूर्ण प्रावधानहरू संशाेधन गर्नका लागि राष्ट्रियसभाका सदस्यहरूलाई संघले अपिल गरेकाे छ।

पीडा र अन्यायमा वर्षाैंदेखि पिल्सिरहेका पीडितहरूकाे सत्य, न्याय र परिपूरण अधिकार कुण्ठित गरेकाे संघकाे भनाइ छ।

‘दण्डपीडित विधेयक २०८१ पीडितलाई ऐन र पीडकलाई चैन’,’द्वन्द्वपीडितका उजुरी पुरानै कानुनअनुसार छानबिन गर’, ‘पीडकलाई ७५% सजाय छुटकाे व्यवस्था खारेज गर्’, ‘पीडितहरूको आवाज बेवास्ता गर्न बन्द गर’, ‘पीडितलाई थप अपमानित र अपहेलित गर्न बन्द गर’ जस्ता नारा लेखिएका पम्प्लेट प्रदर्शन गरिएकाे थियाे।

संशोधनसम्बन्धी विधेयक राष्ट्रियसभामा विचाराधीन छ।

अन्तर्राष्ट्रिय संस्थाहरूले पनि विधेयकमा धेरै कमजोरी रहेको बताएका छन्। ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले मंगलबार विधेयकमा धेरै कमीकमजाेरी रहेकाे जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?