देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षाः सभामुख

देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षाः सभामुख
+
-

चौतारा (सिन्धुपाल्चोक) – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताएका छन्।

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २४ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले कुनै मुलुक समृद्ध छ भन्नुको तात्पर्य त्यो मुलुक शिक्षा क्षेत्रमा अब्बल छ भनेर बुझ्नुपर्ने बताए।

देशलाई आवश्यक पर्ने हरप्रकारका जनशक्ति उपलब्ध गराउन शिक्षा क्षेत्रमा उल्लेख्य लगानी गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले नागरिकलाई गुणस्तरीय शिक्षा दिनका लागि राज्यको नीति इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

क्याम्पसमा शिक्षा लिनुभएका धेरैजसो व्यक्तिहरू राज्यको ठूलाठूला पदमा पुगेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै उनले राज्यको शिक्षा नीति, युगानुकूल पाठ्यक्रम, सुविधायुक्त भौतिक पूर्वधार एवं प्रभावकारी अनुगमन मूल्याङ्कनजस्ता पक्षबाट मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने बताए।

वार्षिकोत्सवका अवसरमा क्याम्पसका संस्थापक कृष्णराज श्रेष्ठ, माधवलाल कर्मचार्य, बागमती प्रदेशका पूर्वमन्त्री तथा सभासदस्य युवराज दुलाललगायतलाई सभामुख घिमिरेले सम्मान गरे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?