
काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल याक एण्ड यतीमा सिटिजन लाइफ बिजनेस अवार्डस नाइट कार्यक्रम आयोजना गरि आफ्ना देशभरका उत्कृष्ट शाखा र आफ्ना सेल्स टिमका सदस्यहरुलाई विभिन्न बिधाहरुमाउत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा कम्पनीका ब्राण्ड एम्बास्डरद्वय हरिवंश आचार्य र श्री मदनकृष्ण श्रेष्ठ तथा कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे रहेका थिए ।
कार्यक्रममा कम्पनीका उत्कृष्ट पाँच शाखाहरू, उत्कृष्ट एजेन्टहरू, उत्कृष्ट एजेन्सी मेनेजरहरु, उत्कृष्ट युनिट मेनेजरहरु साथै कम्पनीका विभिन्न क्लबहरुका सदस्यहरुलाई पुरस्कृत गरिएको छ ।
साथै कार्यक्रममा कम्पनीका सिएमओ कवि फुयालले कम्पनीले आगामी दिनहरुकालागि बोकेको लक्ष्यबारे पनि जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि कम्पनीका ब्राण्ड एम्बास्डरद्वय हरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ, कम्पनीका अध्यक्ष प्रदिपजङ पाण्डे तथा कम्पनीका प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेलले पनि मन्तव्य व्यक्त गरेका थिए ।